काठमाडौं– नेपाली कांग्रेसको विभिन्न तहमा अहिलेसम्म १ लाख हजार ५० हजार पार्टी प्रतिनिधि निर्वाचित भएका छन्।
वडा, पालिका, जिल्ला, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन्। यीमध्ये १ लाख ४१ हजार ४२ जना सर्वसम्मत निर्वाचित भएका हुन् भने बाँकी ८ हजार ४७४ जना निर्वाचनबाट चुनिएका हुन्।
हालसम्म निर्वाचितमध्ये खसआर्य ६८ हजार ८३२ जना, थारूबाट ५ हजार ८२७ जना, अपांगता भएका १ हजार ८६४ जना, आदिदवासी ४१ हजार २५६, महिला ४३ हजार ३५७, मधेसी १३ हजार ५८० जना निर्वाचित भएका छन्।
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत वडादेखि संघीय निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको छ भने आज (बिहीबार) प्रदेशको निर्वाचन हुँदैछ। केन्द्रीय नेतृत्व र पदाधिकारी र केन्द्रीय समितिका लागि यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ।