बिहीबार, भदौ ४, २०८३

राप्रपा महाधिवेशन : अध्यक्षबाहेकको निर्वाचन भोटिङ मेसिनबाट

बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ। नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ। 

बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ। नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए। 

उनका अनुसार अध्यक्ष पदमा मतपत्र र बाँकी पदको निर्वाचनमा मेसिन प्रयोग गरिन लागेको हो। अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको औपचारिक उम्मेदवारी घोषणा भएको छ। महाधिवेशन सुरु भएको दोस्रो दिन भइसक्दा पनि प्रतिनिधिको टुंगो लागिसकेको छैन।

शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि बसेर महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउने प्रयास भइरहेको नेता केसीले जानकारी दिए। 

प्रकाशित: Dec 02, 2021| 13:20 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...