बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार गठनको ३५ दिनपछि बागमती सरकारले सार्वजनिक गर्‍यो न्यूनतम साझा कार्यक्रम

सरकार गठनको ३५ दिनपछि बागमती सरकारले सार्वजनिक गर्‍यो न्यूनतम साझा कार्यक्रम

बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं-  बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ।

कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभयो। प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो।

कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम तथा पर्यावरणीय सुरक्षामा प्रादेशिक भूमिकालगायत विषयमा प्राथमिकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरिएको मुख्यमन्त्री पाण्डेले बताए।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेकामा प्रशन्नता व्यक्त गरे। 

उनले प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको उल्लेख गर्दै प्रदेश सरकारले उक्त साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे। 

न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक दुलाल, कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधव पौडेल र मीना ज्ञवाली, नेकपा (माओवादी केन्द्र)को तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गरेका थिए। 

प्रकाशित: Dec 02, 2021| 22:20 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...