महाधिवेशन मार्फत तय गर्ने बाटोले दीर्घकालसम्म पार्टीमात्र होइन समाजलाई नै मार्गनिर्देश गर्दछ। विगतका आफ्ना महाधिवेशनमार्फत नेपाली कांग्रेस पार्टीले मुलुकको राजनीतिलाई दिशानिर्देश गरेको इतिहासको हामी स्वयं साक्षी छौं।
गैंडाको मस्कटले कम्युनिस्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो। सोहीअनुसार गैंडाको मस्कटको मूर्ति नै बनाएर महाधिवेशन उद्घाटन स्थलमा राखिएको हो।
बैठकपछि बाहिर निस्किने क्रममा तेस्रो तलामा एनपीले रमेशलाई बोलाउँदै भने, 'अहिले ४ बजे बैठक बस्ने भनेका छौँ। त्यहाँ आउनुहोला,' जवाफमा रमेशले हुन्छ भन्ने प्रतिक्रिया दिएका छन्।
'महाधिवेशनमा विदेशी पाहुनालाई पनि बोलाइएको छ। हालसम्म भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधिहरू सहभागी हुनुहुने जानकारी आएको छ,' प्रवक्ता शर्माले भने।
'नेपाली कांग्रेसको खातामा यतिबेला १० करोड रुपैयाँ मौज्दात छ,' प्रवक्ता शर्माले भने, 'बन्दसत्रमा लेखासम्बन्धी प्रस्ताव पनि पेस हुन्छ। यीलगायतका विषयमा पनि छलफल भयो।'
नेपाली कांग्रेसभित्रका समूहमा उम्मेदवारको सूची तय गर्न हम्मे–हम्मे परिरहेका बेला सभापतिका प्रत्याशी तथा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू जुनसुकै हालतमा पनि सभापतिको उम्मेदवार हुने अडान दोहोर्याएका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गरेका छन्।