बिहीबार, भदौ ४, २०८३

प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै, भोलि सुझाव पेस हुने

मंगलबार दिनभर छलफल हुने र छलफलको निष्कर्ष भोलिको बैठकमा २५ वटै समूहले पेश गर्ने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी ८औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि आजबाट समूहगत छलफल हुँदैछ। छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ समूहमा विभाजन गरिएको छ।

मंगलबार दिनभर छलफल हुने र छलफलको निष्कर्ष भोलिको बैठकमा २५ वटै समूहले पेश गर्ने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए।  

आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।

प्रचण्डले प्रतिवेदनमा शान्ति सम्झौता गरिसकेपछि पनि विद्रोहको रणनीतिमा अलमलिनु कमजोरी भएको स्वीकार गरेका छन्। शान्ति सम्झौता, लडाकुलाई शिविरमा राख्ने सहमति गर्दा सामूहिक छलफल गर्नुको सट्टा ‘पार्टी अध्यक्ष प्रचण्डको मनोगत निर्णयले जनवादी केन्द्रीयतामा अतिक्रमण भएको’ भन्दै आफ्नै आलोचना गरेका छन्।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि आज प्रदेशगतसहित २५ समूहमा छलफल हुने महाधिवेशन अध्यक्ष मण्डलका नेता महराले बताए। उनका अनुसार मंगलबार दिनभर छलफल हुने र छलफलको निष्कर्ष भने भोलि पेस हुनेछ। छलफलका लागि प्रदेश न. १ लाई दुई समूह विभाजन गरेर हर्क गुरुङले संयोजन गरेका छन्।

प्रदेश न. २ को नेतृत्व गणेश साहले गरेका छन्। सो प्रदेशलाई पनि दुई समूह विभाजन गरिएको छ। लुम्बिनी प्रदेशको नेतृत्व चक्रपाणि खनाल,  गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङ, प्रवास समितिको लक्ष्मण पन्त, कर्णालीको विमला केसीले नेतृत्व गरेका छन्। सुदूरपश्चिम प्रदेशको नेतृत्व खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्रीलगायतले नेतृत्व गरेका छन्।

प्रकाशित: Dec 28, 2021| 09:30 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...