बिहीबार, भदौ ४, २०८३

१८५५ मत नै मेरो वरियता हो : डा. कोइराला

उनी यसअघि विराटनगर आउँदा कार्यकर्ताको विमानस्थलमै खासै भीडभाड हुने गरेको थिएन। सोमबार साँझ कार्यकर्ताहरु उल्लेख्य रुपमा विमानस्थलमा पुगेका थिए।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

विराटनगर- नेपाली कांग्रेसको सभापतिमा पराजित भएपछि सोमबार साँझ डा. शेखर कोइराला विराटनगर आए। उनी यसअघि विराटनगर आउँदा कार्यकर्ताको विमानस्थलमै खासै भीडभाड हुने गरेको थिएन। सोमबार साँझ कार्यकर्ताहरु उल्लेख्य रुपमा विमानस्थलमा पुगेका थिए। 

आईतबार केन्द्रीय सदस्यमा निर्वाचित अमृत अर्याल विराटनगर आउँदा कार्यकर्ताको भीड उल्लेख्य थियो। संस्थापन समूहबाट केन्द्रीय सदस्यममा निर्वाचित अर्याललाई कार्यकर्ताले भव्य स्वागत गरेका थिए। अर्याल विराटनगर आएको भोलीपल्ट विराटनगर आएका कोइरालालाई पनि कार्यकर्ताले भव्य रुपमा स्वागत गरेका थिए।

आईतबार विमानस्थल पुगेका कांग्रेस कार्यकर्ता सोमबार कोइराला आउँदा देखिएनन्। कोइराला आउनु अघि संस्थापनबाटै केन्द्रीय सदस्यमा निर्वाचित विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली आउँदा पनि विमानस्थलमा कार्यकर्ताको उत्तिकै भीड थियो। पराजुली आउँदा आएका कार्यकर्ता पनि कोइराला आउँदा देखिइनन्। 

विराटनगर विमानस्थलमा ओर्ले लगत्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले दिएको बरियता भन्दा पनि कार्यकर्ताले दिएको मत नै आफ्नो बरियता भएको बताए। उनले भने, ‘१८५५ मत नै मेरो वरियता हो।’

केन्द्रीय समितिको मर्यादाक्रममा २०औं स्थानमा आफूलाइ राखेको विषयलाई सामान्य रुपमा लिएको उनले बताए। उनले भने, ‘म मर्यादाक्रममा कहाँ छु र सभापतिले कहाँ राख्नु भएको छ, केन्द्रीय कमिटीले कहाँ राखेको छ त्यो पछिको कुरा हो। कार्यकर्ताहरुले माया गरे गरेनन त्यो महत्वपूर्ण कुरा हो।’ 

उनले भने, ‘कांग्रेसमा कर्यादाक्रम वीपीको पाला देखिनै रहेको स्मरण गराउँदै त्यो पद्धतिलाई उहाँले पछ्याउनु भयो कि भएन? पछ्याउनु भएको भए ठिकै होला नभए तपाइँहरुले बोल्नु हुन्छ।’ डा. कोइरालाले आफ्नै परिवारका भाईबहिनी र आफ्नै नेतालाई सम्झाउन र बुझाउन नसक्दा आफुले पराजय भोग्नु परेको बताए। उनले भने, ‘वीपी कोइरालाले मेरो बुबालाई लेखेको चिठीको मर्म बुझाउन सकिन वा उहाँहरुले बुझ्न सक्नु भएन होला।’

प्रकाशित: Dec 28, 2021| 07:09 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...