महाधिवेशन सुरु हुनुभन्दा पाँच महिना अघिदेखि नै संस्थापन इतरले सभापतिको साझा उम्मेदवार बनाउनका लागि छलफल सुरु गरेको भए पनि साझा उम्मेदवारमा सहमति हुन सकेको छैन।
महाधिवेशनमा सहभागी हुन भारतको प्रतिपक्षी दल इन्डियन नेसनल कंग्रेसका महासचिव मुकुल वस्निक पनि काठमाडौं पुगिसकेका छन्। उनी सन् २००९ देखि २०१४ सम्म भारतको सामाजिक न्याय तथा सशक्तीकरण मन्त्री थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले गृहमन्त्री बालकृष्ण खाण र आफू एकै पदमा प्रतिस्पर्धी भएको बताएका छन्। उनले आफू १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।
प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले कांग्रेस महाधिवेशनमा भीभीआईपी र भीआईपी उपस्थिति तुलनात्मक रुपमा बढी हुने भएकाले ज्यादा चुनौती रहन्छ।
पछिल्लो पटक नेपाल सुशासन अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन्।
महाधिवेशनको उद्घाटन सत्र हुने भृकुटीमण्डपमा उद्घाटनलगायतका कामको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। त्यहाँ कांग्रेसले ४० लाख रुपैयाँमा मञ्च तयार गरेको छ।