बिहीबार, भदौ ४, २०८३

चितवन कांग्रेसको सभापतिमा ६ जना आकांक्षी

नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

चितवन– नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्। जिल्ला अधिवेशन  यही पुस २७ गते हुँदै छ।  जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिस्ट्रार सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन्। 

कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन्। जिल्लामा पूर्व संस्थापन समूहको प्रभाव बढी छ। अधिकांश सभापतिका उम्मेदवार पूर्व संस्थापन निकट मानिन्छन्। 

जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०६ क्षेत्रीय प्रतिनिधि छन्। जिल्ला सभापति जितनारायण श्रेष्ठका अनुसार क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्।  

 जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ। जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो। पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको श्रेष्ठले जानकारी दिए। जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ। जिल्लामा तीन क्षेत्र छन्। चितवन सबैभन्दा धेरै क्रियाशील सदस्य भएको जिल्लामध्येमा पर्दछ। 

प्रकाशित: Dec 29, 2021| 15:39 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...