बिहीबार, भदौ ४, २०८३

विदेशी चलखेलले नेपालमा द्वन्द्वको खतरा बढ्यो : नेता महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशी चलखेलका कारण नेपाली जनता-जनताबीचमा द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन्।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

दार्चुला- नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशी चलखेलका कारण नेपाली जनता-जनताबीचमा द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन्।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको स्मरण गर्दै कांग्रेस नेता महरले अहिले पनि राष्ट्रिय मेलमिलापको झनै आवश्यकता बढेको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस दार्चुलाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य महरले नेपालको राष्ट्रिय स्वास्वार्थपूर्ति आजको प्रमुख विषय भएको टिप्पणी गरेका छन्। 'जनता-जनताबीच तिक्तता उत्पन्न हुने गरी आउनसक्ने खतरालाई ध्यानमा राखेर वैदेशिक सम्बन्ध स्थापित गर्न सबै दलहरूबीच कसिलो एकता आवश्यक छ,'  महरले भने।

पछिल्लो पटक अमेरिकन परियोजना एमसीसी र चाइनिज परियोजनाप्रति मान्छेको विभिन्न धारणा बनिरहेकोप्रति संकेत गर्दै महरले देश बलियो हुन आर्थिक स्थिति बलियो हुनुपर्ने बताएका छन्। 'देशमा आर्थिक गतिविधि भएका नागरिकको जीवनस्तर माथि उठ्छ। त्यसो हुनसके मात्रै हाम्रो नागरिकता र देश बलियो हुन्छ। आजको आवश्यकता भनेको आर्थिक विकास केन्द्रित राजनीति हो,' महरले भने।

भारतको नियन्त्रणमा रहेको कालापानी, लिम्पिया धुरा, लिपुलेक वार्ताका माध्यमले फिर्ता ल्याउनुपर्ने जिकिर गरेका छन्। राष्ट्रिय योजना आयोगसँग कांग्रेसले सुदूरपश्चिमबाट थालेको देश विकासको खाका कोरेर जनतालाई आर्थिक रूपमा बलियो बनाउने अभियान ७७ ओटै जिल्लामा लगिने उनले बताए। उनले जनताको भावना बुझ्नै कांग्रेसले सोही अनुसार देशमा विकासको मोडेल तयार गर्ने बताएका छन्।

यसका साथै महरले कार्यक्रममा बिपीको योगदानको चर्चा  गरेका थिए। वि.सं. २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए। 

देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यानको बाजी थापेर ४५ वर्ष अगाडि आजकै दिन स्वदेश फर्किएको महरले बताए। वि.सं. २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको ‘कू’पछि कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको महरले बताए। 

लोकतान्त्रीक राजनीतिमा बिपीको योगदान सबैभन्दा ठूलो रहेको बताउँदै महरले मुलुकले बिपी पद छोड्न नहुने धारणा राखेका थिए।

प्रकाशित: Dec 31, 2021| 09:50 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...