बिहीबार, भदौ ४, २०८३

माधव नेपालले भने– एमाले पार्टी हैन, पाटीपौवा हो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन्।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन्। अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरे। 

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे। अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावना समेत नरहेको बताए।

‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन। धार भुत्तै भयो। भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ। धारै छैन। क्रान्तिकारी चिन्तन नै छैन। परिवर्तनको संकल्प नै छैन। निःस्वार्थ भावना पनि छैन। केही गरौं भन्ने पवित्र सोच नै छैन। क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन। त्यो पाटीपौवा हुन पुग्दछ। त्यो पाटीपौवाको केही काम छैन।’

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहोर्याए। उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित: Dec 30, 2021| 19:50 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...