बिहीबार, भदौ ४, २०८३

अबको अर्जुन दृष्टि प्रदेश सरकारमा : रणबहादुर रावल

नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका डाक्टर रणबहादुर रावलले धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सो कुरा बताएका हुन्।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले अबको अर्जुन दृष्टि प्रदेश सरकारमा रहेको बताएका छन्। 

नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका डा. रणबहादुर रावलले धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सो कुरा बताएका हुन्।

‘अहिलेसम्म कांग्रेसको महाधिवेशनमा केन्द्रीत भएकाले प्रदेश सरकारतर्फ ध्यान जान सकेको थिएन’ डा. रावलले भने, ‘अब पुरै ध्यान सुदूरपश्चिम प्रदेश सरकारमा जान्छ।’ डा. रावलले सुदूरपश्चिम प्रदेश सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए। ‘यो सरकार चाँडै परिवर्तन हुन्छ’ रावलले भने, ‘यसरी जुगाडमा सरकार चल्दैन।’

विमानमार्फत गृह जिल्ला पुगेका रावललाई स्वागत गर्न ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु धनगढी विमानस्थल पुगेका थिए। नेता तथा कार्यकर्ताले अबको मुख्यमन्त्रीमा डा. रावललाई हेर्न चाहेको नारा लगाएका थिए।

प्रकाशित: Dec 30, 2021| 21:09 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...