बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको राजनीतिक प्रतिवेदनमा 'भारतीय विस्तारवाद' लेख्न प्रस्ताव

प्रचण्डको राजनीतिक प्रतिवेदनमा 'भारतीय विस्तारवाद' लेख्न प्रस्ताव

माओवादीले राजनीतिक प्रतिवेदनमाथि सुझाव पेस गर्न विभिन्न २५ समूह गठन भएका थिए। ती समूहमध्य एक टोलीका नेता भगतले यस्तो प्रस्ताव गरेका हुन्। प्रतिवेदनमा नेपालका चीनका बारेमा पनि चर्चा हुनुपर्ने उल्लेख गरिएको छ।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा 'भारतीय विस्तारवाद' उल्लेख गर्न प्रस्ताव गरिएको छ। माओवादी नेता सत्यनारायण भगतले भारतीय विस्तारवादलाई पनि समावेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन्। 

माओवादीले राजनीतिक प्रतिवेदनमाथि सुझाव पेस गर्न विभिन्न २५ समूह गठन भएका थिए। ती समूहमध्य एक टोलीका नेता भगतले यस्तो प्रस्ताव गरेका हुन्। प्रतिवेदनमा नेपालका चीनका बारेमा पनि चर्चा हुनुपर्ने उल्लेख गरिएको छ। 

‘अमेरिकी साम्राज्यवाद भनेझैं चीन र भारतका बारेमा पनि प्रतिवेदनमा व्याख्या गर्नुपर्छ,’ उनले भने, ‘भारतको विस्तारवादी दृष्टिकोणमा परिवर्तन आएको छैन। भारतलाई विस्तारवादी भन्नुपर्छ।’

स्वच्छ छवि भएकालाई पार्टीको हरेक तहमा नेतृत्व विकासको अवसर दिनुपर्नेमा उनको जोड थियो। उनले प्रदेश २ अन्तर्गत समूह ८ मा भएको छलफलको निष्कर्ष बन्दसत्रमा पेस गरेका हुन्।

बन्दसत्रमा कार्यक्रम जारी रहँदा समूह नेताहरूले अध्यक्ष ‘प्रचण्ड’को राजनीति प्रतिवेदनमाथि भएको छलफलका निष्कर्षहरू सुनाइरहेका छन्।

समूह नेताहरूलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नसमेत सुझाव पेस गरेका छन्। 

यस्तै कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पारित गरेको स्वामित्व केपी शर्मा ओलीलाई नदिएर माओवादी आफैँले राख्नुपर्ने समूहनेताहरूको भनाइ छ। 

प्रकाशित: Dec 29, 2021| 16:36 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...