काठमाडौं- नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिन गठन भएका सबै समूहले सुझाव दिने क्रम सकिएको छ।
बुधबार र बिहीबार दुई दिन लगाएर माओवादीले २५ वटै समूहको सुझाव लिएको हो।
सबै टोलीले दिएका सुझावका विषयमा अध्यक्ष प्रचण्डले शुक्रबार जवाफ दिने भएका छन्।
शुक्रबार नै लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस गर्ने बताइएको छ।