काठमाडौं– नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत शुक्रबार अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमाथि उठेका सबै प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि बुधबारदेखि सुरु भएको समूहगत सुझाव पेस गर्ने क्रम बिहीबार सकिएको छ।
आज दिउँसो १ बजेपछि लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत एवं छलफल गर्ने कार्यक्रम रहेको छ। शुक्रबार तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।
राजनीतिक प्रतिवेदनमाथिको सुझावमा मुख्यतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विचारको संश्लेषण, नेतृत्व केन्द्रीकरणलगायत विषय उठेको र यसका कार्यान्वयनका लागि विश्वासको वातावरण बनाउनुपर्ने विषयमा छलफल भएको छ।
आज अध्यक्षको जवाफसँगै नयाँ केन्द्रीय समिति चयन गर्ने र महाधिवेशन समापन गर्ने कार्यक्रम रहेको छ।