बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको प्रस्तावमा फरक मत राख्दै लेखनाथले भने- माओवादीमा पनि बा प्रवृत्ति देखियो

प्रचण्डको प्रस्तावमा फरक मत राख्दै लेखनाथले भने- माओवादीमा पनि बा प्रवृत्ति देखियो

नेकपा माओवादी केन्द्रमा नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न्।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रमा नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न्।

प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले ८ बुँदे फरक मत राखेका हुन्। उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले प्रचण्डको दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै फरक मत राखेको बताइएको छ।

नेता न्यौपानेले नेकपा एमालेका जस्तै माओवादीमा पनि ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन्। प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको उनको भनाइ छ। ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र,’ उनले फरक मतमा लेखेका छन्।

नेकपामा हुँदा केपी ओलीलाई प्रचण्डले लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको तर हामी भन्ने एक ठाउँमा मात्र उल्लेख भएको स्मरण गराउँदै न्यौपानेले भनेका छन्, ‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ।’

प्रचण्ड आफैं उपस्थित भएको ठाउँमा लस्करै उनकै तस्बिर राख्न कसले निर्देशन दियो भनेर पनि न्यौपानेले प्रश्न उठाएका छन्। न्यौपानेले भनेका छन्, ‘कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बिर राखेको भए हाम्रो संस्कति कति सुसंगत हुन्थ्यो होला?’

प्रकाशित: Dec 30, 2021| 15:48 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...