बिहीबार, भदौ ४, २०८३

बागमतीका मुख्यमन्त्रीले ओलीलाई दिए ध्वंशकारी र कलंकको संज्ञा

बागमतीका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ध्वंशकारी र कम्युनिस्ट आन्दोलनका कलंकको संज्ञा दिएका छन्।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- बागमतीका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ध्वंशकारी र कम्युनिस्ट आन्दोलनका कलंकको संज्ञा दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो संज्ञा दिएका हुन्। 

नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त पार्न उद्यत भएको भन्दै पाण्डेले ओलीमाथि त्यस्तो आरोप लगाएका हुन्। '२७५ मध्ये १७४ सिट ल्याउन सक्ने पार्टी उहाँहरू (माधवकुमार नेपाल र झलनाथ खनाललगायत)ले बनाउनु भएको थियो। तर एक जना ध्वंशकारी भनौँ न, एक जना कलंकले २०७७ पुस ५ गते कम्युनिस्ट आन्दोलनलाई सिध्याउने अठोट गरे,' ओलीतर्फ संकेत गर्दै पाण्डेले भनेका थिए। 

ओलीले गत वर्ष पुस ५ गते संसद् विघटन गरेका थिए। त्यसपछि तत्कालीन नेकपा फुट्दै अहिले तीन पार्टी बनेको छ। 

ओलीले कम्युनिस्ट आन्दोलन सिध्याउने कोसिस गरेको भएपनि फेरि कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्नका लागि आफूहरू लागिपरेको उनले बताए। 

'यही अभियानमा जनवादीका कमरेडहरू यो पार्टिमा समाहित हुनुभएको छ,' पार्टीमा प्रवेश भएका तत्कालीन जनवादीका नेताहरूलाई उनले भने। 


प्रकाशित: Dec 28, 2021| 15:34 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...