बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी बन्दसत्रको तेस्रो दिन : प्रचण्डको प्रतिवेदनमाथि २५ टोलीले निष्कर्ष र सुझाव पेस हुने

माओवादी बन्दसत्रको तेस्रो दिन : प्रचण्डको प्रतिवेदनमाथि २५ टोलीले निष्कर्ष र सुझाव पेस हुने

नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन बुधबार २५ समूहले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन बुधबार २५ समूहले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ। आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज २५ टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि २५ टोलीद्ये निष्कर्ष र सुझाव पेस गर्ने छन्।

दिउँसो एक बजेदेखि सबै समूहका प्रतिनिधिले राखेको सुझावका आधारमा लिडरले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ।  प्रत्येक समूह लिडरलाई १५ मिनेको समय दिइने बताइएको छ।

सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। स्थायी कमिटी सदस्य देव गुरुङले विधानको प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त दस्तावेजमाथि छलफलका लागि प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको थियो। 

बुधबार २५ समूहको रिपोर्ट सुन्ने र बिहीबारमात्रै अध्यक्षले जवाफ दिने हुने कार्यक्रम रहेको छ। त्यसपछि मात्रै केन्द्रीय समिति चयन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।


प्रकाशित: Dec 29, 2021| 08:06 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...