बिहीबार, भदौ ४, २०८३

विधानअनुसार पदमुक्त भइसकेका जितजंग अझै तरुण दलका अध्यक्ष

नेपाली कांग्रेस विधानको दफा ४२ (१) को (ङ) मा भ्रातृसंस्थाको पदाधिकारी पार्टीको कुनै पनि कार्यसमितिमा निर्वाचित भए स्वतः पदमुक्त हुने व्यवस्था छ।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं– हालै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट जितजंग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भए। कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको अध्यक्ष रहँदै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी विधान अनुसार तरुण दलको अध्यक्षबाट पदमुक्त भइसकेका छन्। 

नेपाली कांग्रेस विधानको दफा ४२ (१) को (ङ) मा भ्रातृसंस्थाको पदाधिकारी पार्टीको कुनै पनि कार्यसमितिमा निर्वाचित भए स्वतः पदमुक्त हुने व्यवस्था छ। विधानमा भनिएको छ, ‘कुनै पनि तहको पदाधिकारी वा भ्रातृ संघको पदाधिकारी वा सदस्य हुनेछैन। भ्रातृसंघको पदाधिकारी वा पार्टीको कुनै तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भ्रातृसंघको पद स्वतः रिक्त हुनेछ।’ 

बस्नेत कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भइसकेपछि विधान अनुसार उनी तरुण दलको अध्यक्षको हैसियतमा छैनन्। तर, उनले तरुण दलको अध्यक्षकै हैसियतमा बुधबार विज्ञप्ति जारी गरेका छन्। उनले पुस १६ गते कांग्रेसले मनाउँदै आएको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कार्यक्रम गर्न तरुण दलका देशभरका अध्यक्षहरुलाई सर्कुलर जारी गरेका छन्।

मेलमिलाप दिवसको अवसरमा पार्टीले गर्ने कार्यक्रम सहकार्य गर्दै संगठनका तर्फबाट थप रचनात्मक र अन्य कार्यक्रम गर्न सबै जिल्ला समितिहरुलाई निर्देशन दिएका छन्। सोही परिपत्रमा उनले तरुण दलका देशभरका नेता कार्यकर्ताको साथ, सहयोग र मायाका कारण आफू पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएको भन्दै धन्यवाद समेत दिएका छन्।


प्रकाशित: Dec 29, 2021| 12:32 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...