काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे छमछमी नाचेका छन्।
नेकपा एकीकृत समाजवादीसँग नेकपा जनवादी पार्टी एकीकरकण गर्न आयोजित समारोहमा अन्य सहभागीसँगै अध्यक्ष नेपाल र मुख्यमन्त्री पाण्डे नाचेका हुन्।
गायक नवीन पौडेलले गाएको गीतमा मञ्चमा आसीन सबै जना उठेर नाच्न थालेपछि अध्यक्ष नेपाल र मुख्यमन्त्री पाण्डेले पनि साथ दिएका थिए। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गीतसंगीतले संगठन मजबुत बनाउन थप सहयोग गर्ने बताए। नेकपा जनवादीका नेता देवेन्द्रसिंह महताले पार्टी एकतासँगै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण प्रक्रिया सुरु भएको बताए।