बिहीबार, भदौ ४, २०८३

सरकार सञ्चालनमा कमजोरी नगर्न देउवालाई माधव नेपालको ध्यानाकर्षण

‘सरकार सञ्चालनमा कमीकमजोरी हुनु भएन। बुद्धिजीवीहरू, विशेषज्ञहरुको समेत सहयोग लिएर अघि बढ्नुपर्छ।’
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार सञ्चालनमा रहेका कमीकमजोरी सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। नेपालले प्रधानमन्त्री देउवासँग सोमबार भएको भेटमा यस्तो आग्रह गरेका हुन्।

आफूले प्रधानमन्त्रीलाई दिएको सुझावबारे जानकारी दिँदै नेपालले राजधानीमा मंगलबार नेकपा जनवादीसँग एकीकरण गर्न आयोजित कार्यक्रममा भने, ‘सरकार सञ्चालनमा कमीकमजोरी हुनु भएन। बुद्धिजीवीहरू, विशेषज्ञहरुको समेत सहयोग लिएर अघि बढ्नुपर्छ।’ प्रत्युत्त्तरमा आफूलाई देउवाले त्यसका लागि तपाईं अघि बढ्नुस् भनेको भनाइ नेपालको छ।

उनले भने, ‘मैले म त तयार छु भनें।’ नेपालले मुलुकको बजेट खर्चमा भइरहेको अवस्थाबारे सरकारले निगरानी राख्नुपर्ने बताए। उनले भने, ‘स्थानीय सरकार, प्रदेश सरकारले कहाँकहाँ पैसा खर्च गरिरहेका छन्? त्यसको निगरानी गर्नुपर्छ।’ उनले योजना बनाउँदादेखि नै कुन कुरालाई प्राथमिकता दिने भन्ने अन्योल हुँदा धेरै रकम दुरुपयोग भइरहेको बताए। 

उनले पार्टीमा आबद्ध भएका जनवादीका नेताहरुलाई स्वागत गर्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनले भने, ‘सबै कार्यकर्ता भएर अघि बढौं। कसैले बाटो छाड्दैन भने जबर्जस्ती भए पनि अघि बढौं।’ उनले निरन्तर रुपमा अघि बढे पार्टीले एक दिन अवश्य विजय हासिल गर्ने दाबी गरे। 

प्रकाशित: Dec 28, 2021| 15:20 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...