बिहीबार, भदौ ४, २०८३

बुधबार धनुषामा चक्काजाम गर्ने सीके राउतको दलको घोषणा

मंगलबार साँझ जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दीपनारायण यादवले जनाएका हुन्।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

जनकपुरधाम- बुधबार धनुषामा जनमत पार्टी चक्काजाम गर्ने घोषणा गरेको छ। सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ। 

मंगलबार साँझ जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दीपनारायण यादवले जनाएका हुन्। 

सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बिउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले आन्दोलन थालेको हो। सोही क्रममा भएको झडपमा अहिले सिरहामा निषेधाज्ञा लगाइएको छ भने जनमत पार्टीका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको हो। 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टाभित्र नछाडे सिरहाका एसपीलाई जनकारबाही गर्ने धम्कीसमेत दिएका छन्।

प्रकाशित: Dec 28, 2021| 18:37 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...