बिहीबार, भदौ ४, २०८३

नेकपा एकीकृत समाजवादीमा गाभियो नेकपा जनवादी

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा दुई दलबीच एकीकरण भएको हो। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादी एकता भएको छ।

जनवादीका नेता महताले आफूहरू २०६२ मा तत्कालीन माओवादीसँग विद्रोही गरी आफूहरुले नयाँ दल गठन गरेको जानकारी दिए। त्यति बेला माओवादीले मेहताले जनयुद्धको निरन्तरता चाहेका थिए। तर माओवादीको चुनवाङ बैठकले युद्ध अन्त्य गर्ने निर्णय गरेको थियो। ६९ सालदेखि जनवादी पार्टीले सरकारसँग विभिन्न चरणमा छलफल गर्दै आएको थियो।

मेहताले भने, ‘२००६ सालदेखि नेपाली जनताको दुई छाक भात खान पाउने सपना, सबै जनताले आङ ढाक्न पाउने सपना, स्वदेशमा रोजगारीको सपना देख्दै आए पनि अहिलेसम्म पूरा हुन सकेको छैन।’ उनले गणतन्त्रपछि यस्ता कुरा पाइन्छ भने पनि व्यावहारिक रूपमा प्राप्त हुन नसकेको भनाइ राखे।  

उनले गणतन्त्रले नेपाली जनताको जीवनस्तर माथि उठाउन सक्दैन भने विकल्प खोज्नुपर्ने बताए। उनले जनवादी पार्टीका सबै नेताकार्यकर्तालाई पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

प्रकाशित: Dec 28, 2021| 14:15 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...