बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केही कमरेडले एमाले छोडेर नेकपा एसमा आउने कुरा गर्नुभएको छ : माधवकुमार नेपाल

केही कमरेडले एमाले छोडेर नेकपा एसमा आउने कुरा गर्नुभएको छ : माधवकुमार नेपाल

'आज बिहान एउटा कुरा भएको थियो। केही कमरेडहरू एमाले छोडेर एकीकृत समाजवादीमा आउन कुरा गर्न आउनु भएको थियो,' उनले भनेका थिए।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका केही नेताहरू आफ्नो पार्टीमा आउनका लागि कुराकानीमा रहेको बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

'आज बिहान एउटा कुरा भएको थियो। केही कमरेडहरू एमाले छोडेर एकीकृत समाजवादीमा आउन कुरा गर्न आउनु भएको थियो,' उनले भनेका थिए।

इमान्दारिता, निष्ठा र समर्पण भए जनताको विश्वास जित्न सकिने उनको भनाइ थियो। एकीकृत समाजवादी एमालेजस्तो 'म' र 'बा' प्रवृत्तिका विरोधी भएको उनले उल्लेख गरे।  

प्रकाशित: Dec 28, 2021| 15:00 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...