बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी महाधिवेशन : यसरी हुँदैछ अध्यक्ष दाहालको दस्ताबेजमाथि छलफल

माओवादी महाधिवेशन : यसरी हुँदैछ अध्यक्ष दाहालको दस्ताबेजमाथि छलफल

माओवादीको आठौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– माओवादी केन्द्रको बन्दसत्रमा पेस भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ। 

माओवादीको आठौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो। ‘समूह १’ मा ज्येष्ठ कम्युनिस्टमञ्च छ। सो समूहले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल सुरु गरेको छ। सो समूहको समन्वयको जिम्मेवारीमा एनके प्रसाईं छन्। 

समूह २ र ३ मा पार्टीका सल्लाहकार छन्। सो समूहको  छलफल प्रज्ञा भवनको मुख्य मञ्चको दायाँबाँया हुँदैछ। सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ। समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधिले प्रज्ञा भवन भानुभक्त हलमा छलफल थालेका छन्। समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन्। 

समूह ६ र ७ मा  प्रदेश नं २ का प्रतिनिधि सहभागी छन्। छलफल प्रज्ञा भवनको पारिजात हलमा भइरहेको छ। सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएका छन्। समूह ८ र ९ मा लुम्बिनी प्रदेशका प्रतिनिधिको प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल हुनेछ। सो समूहको संयोजन नेता चक्रपाणि खनालले गरिरहेका छन्। समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन्। 

सो समूहको छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ छन्। समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन्। सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श सुरु गरेको छ। सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन्। 

समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन्। सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्दैछ। संयोजकमा कर्णाली प्रदेश अध्यक्ष बिमला केसी छन्। समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन्। सो समूहको समन्वय गर्ने जिम्मेवारीमा भने खगराज भट्ट छन्। समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन्। 

सो समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा छलफल गर्नेछ। समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ। समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन्। समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिम्खडा छन्। 

समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन्। छलफलको स्थान भने क्रिस्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ। नेता कृष्ण अधिकारीले सो समूहको समन्वय गरेका छन्। 

पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ।

समूह २२ र २३  मा बागमती प्रदेशका प्रतिनिधि छन्। छलफलको स्थान भने काठमाडौँ बैंक्वेट थापागाउँमा सुरु भएको छ। सो समूहको समन्वय प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गरेका छन्। समूह २४ मा आयोगका सदस्यहरू छन्। सो समूहले पनि काठमाडौं बैंक्वेट थापागाउँमा छलफल सुरु भएको छ। सो समूहको समन्वय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ गरिरहेका छन्। 

समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि सहभागी छन्। सो समूहले काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु गरेको छ। सो समूहको समन्वय नेत्री अमृता थापा मगरले गरेका छन्। 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ। पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ।

समूहगत छलफलका लागि केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागमा पुगेका छन्। मङ्गलबार दिनभर समूहगत छलफल हुनेछ। बुधबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा समूह प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। 

प्रकाशित: Dec 28, 2021| 12:31 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...