बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विधानमा 'साम्यवाद' र 'वर्गसंघर्ष' राख्न नदिइएपछि माओवादी केन्द्रको आपत्ति

विधानमा 'साम्यवाद' र 'वर्गसंघर्ष' राख्न नदिइएपछि माओवादी केन्द्रको आपत्ति

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दलको विधानमा रहेको साम्यवाद, वर्गसङ्घर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्गसङ्घर्ष लेख्न रोक लगाएको प्रति माओवादी केन्द्रले आपत्ति प्रकट गरेको हो।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दलको विधानमा रहेको साम्यवाद, वर्गसङ्घर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो।

माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गरे। 

'कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो। त्यो नै हटाएपछि त केही बाँकी रहेन। निर्वाचन आयोगको उक्त निर्णयप्रति हामी सहमत हुन सक्दैनौँ। हामी छलफल गरेर  निष्कर्षमा पुगौँला,' प्रवक्ता महराले भने। 

पार्टीको नाम, स्वतन्त्रता र विचार उसको मार्गदर्शक सिद्धान्तका आधारमा बन्ने भन्दै आयोगले यस विषयमा लचकताका साथ सोच्ने विश्वास व्यक्त गरेका थिए। 

संविधान र कानुनमा नभएको कुरा विधानमा राख्न नमिल्ने भन्दै आयोगले माओवादीको विधानबाट ती शब्द हटाइदिएको थियो। माओवादीले भने आयोगको सो निर्णय अस्वीकार गरेको हो। माओवादीको विधानमा वर्ग सङ्घर्षलाई समाज विकासको मुख्य आधार भन्ने उल्लेख गरिएको छ। 

नेकपा (एमाले)ले पनि आयोगको उक्त निर्णयको प्रतिवाद यसअघि नै गरिसकेको छ। एमालेका उपमहासचि विष्णु रिमाल र पूर्व महान्यायाधिवक्ता रमेश बडाललगायतले आयोगमा पुगेर दलहरूले आफ्नो लक्ष्य विधानमा उल्लेख गर्न पाउने अधिकार रहेको बताएको थियो।


प्रकाशित: Dec 27, 2021| 19:20 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...