लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ। सिंहदरबारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।
अहिलेको कांग्रेस हाँक्ने पुस्ता नेविसंघको उत्पादन हो। तर, नेता उत्पादन गर्ने कारखाना नेविसंघ भने अहिले ‘टुहुरो’ बनेको छ। महाधिवेशन गराउने जिम्मेवारीसहित तदर्थ समितिका अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै...
सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए।
आइतबार खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएमा सोमबार बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने छ।
कांग्रेसभित्रैका विभिन्न राजनीतिक विवाद समाधानका लागि मध्यस्थताको भूमिका खेल्ने साउदलाई कांग्रेसकै नेताहरुले कुशल संगठक र सहजकर्ताको रुपमा चित्रण गर्छन्।
शशांक केन्द्रीय सदस्यमध्ये सर्वाधिक मत ल्याएर लोकप्रिय बनेका छन्। तर महामन्त्री हुँदा ‘सक्रिय’ भएर सभापति देउवाको रखबारी गर्न सकेको भए उनी यति बेला सभापतिको कुर्सीमा विराजमान हुने थिए।
कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन्।
नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका थिए।