बुधबार, भदौ ३, २०८३

देउवा-ओली-दाहाल छलफल सुरु, कार्की र पोखरेल पनि सहभागी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री देउवाको आह्वानमा तीन शीर्ष नेता छलफलमा जुटेका हुन्। बैठकमा एमसीसी, स्थानीय तह निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ।

छलफलमा सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी छन्।

 प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालुवाटार पुगेका थिए।


प्रकाशित: Feb 06, 2022| 16:25 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...