सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन्।
यसअघिका सरकारहरुकै पालामा यो परियोजनाका लागि प्रकृयाहरु अगाडी बढाइएको र नेपालको विकासका लागि परियोजनासंग नेपाल सरकारले सम्झौता गरेकाले एमसीसी परियोजनालाई अगाडी बढाउनु सरकारको दायित्व रहेको बताए।
संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत हुने भएका छन्।
प्रदेश सम्मेलनको निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन्। कुल २ सय ६१ मत खसेकोमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत...