आइतबार, असार १५, २०८२

गाँजा खेती नष्ट गर्दै प्रहरी, प्रतिबन्ध फुकुवा गर्ने गृहको तयारी

उता गृह मन्त्रालयले भने गाँजामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। औषधीय प्रयोजनका लागि गाँजामाथिको प्रतिबन्ध हटाउने गृह मन्त्रालयले जानकारी दिएको छ।
 |  सोमबार, माघ २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

vianetvianet

काठमाडौं- राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २९ बिगाह १० कठ्ठामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाजा खेती प्रहरीले फडानी गरेको छ। सोही स्थानमा २१ बिगाहमा लगाएको अवैध लागुऔषध अफिम खेती पनि निष्ट गरिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो। सो क्रममा प्रहरीले २ सय किलो बराबरको सुकाई राखेको लागुऔषध गाँजा समेत नष्ट गरिएको जानकारी दिएको छ। 

उता गृह मन्त्रालयले भने गाँजामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। औषधीय प्रयोजनका लागि गाँजामाथिको प्रतिबन्ध हटाउने गृह मन्त्रालयले जानकारी दिएको छ। 

गृह मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाजामाथिको प्रतिबन्ध औषधि प्रयोजनका लागि फुकाउने योजना रहेको बताए। 'गृह सुधार योजनाअन्तर्गत गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय समेटिएको छ,' पोखरेलले स्पष्ट पारे।

औषधि व्यवस्था ऐन २०३३ मा औषधि प्रयोजनका लागि गाजा प्रयोग गर्न पाइने उल्लेख छ। औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाजा प्रयोग गर्नका लागि अनुमति मागेका थिए। 

गाजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन्।

प्रकाशित: Feb 07, 2022| 18:46 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...