बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विद्यार्थी, मजदुर र गरिबलाई इन्डक्सन चुलो निःशुल्क बाँड्नुपर्छ : अनेरास्ववियु

विद्यार्थी, मजदुर र गरिबलाई इन्डक्सन चुलो निःशुल्क बाँड्नुपर्छ : अनेरास्ववियु

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागरहेको बताएकी छन्।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागरहेको बताएकी छन्।

सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री भुसालले यस्तो बताएकी हुन्। उनले यसबारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताइन्। मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताइन्।

अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरुमा निःशुल्क इण्डक्शन चुलो पुर्याउन सरकारसँग माग गरेको छ। त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ।

प्रकाशित: Feb 07, 2022| 16:17 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...