काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले एमसीसीबारे केन्द्रीय कमिटी बैठकमा थप छलफल गर्ने भएको छ। एमसीसीबारे पार्टीभित्र दुईथरी कुरा आएपछि केन्द्रीय कमिटीमा छलफल हुन लागेको हो।
माओवादीले यही माघ २७ गतेदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठकमा एमसीसीबारे वृहत् छलफल हुने बताइएको छ। त्यसअघि २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछि मात्रै त्यसबारेमा ठोस निर्णय गर्ने माओवादीको रणनीति छ।
हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको शीर्ष बैठकमा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई स्थानीय तहको निर्वाचनपछि धकेल्न प्रस्ताव गरेका थिए।