बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक अपराह्‍न तीन बजे, स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी

मन्त्रिपरिषद् बैठक अपराह्‍न तीन बजे, स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी

स्थानीय तह चुनावको मिति घोषणालगायत विषयमा निर्णय गर्न आज (सोमबारं) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं– स्थानीय तह चुनावको मिति घोषणालगायत विषयमा निर्णय गर्न आज (सोमबारं) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको छ।

स्थानीय निर्वाचनको अन्योल बढिरहेका बेला हालै सत्तारुढ गठबन्धनले आगामी जेठ ४ गते गर्न सहमति गरिसकेका छन्। त्यसैअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग छलफल पनि गरेका छन्। आयोगले सरकारलाई चुनावको तयारीका लागि ९० दिनको समय चाहिने भन्दै चाँडो मिति घोषणा गर्न दबाब दिइरहेको छ।

निर्वाचन घोषणाका लागि माहोल बनिसकेकाले आज नै मिति घोषणाको निर्णय हुन सक्ने बताइएको छ। हिजो आइतबार पनि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष र महासचिव तथा सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए। छलफलका क्रममा एमालेले स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको र जवाफमा देउवाले समयमै चुनाव हुने कुरामा आश्वस्त हुन आग्रह गरेको बताइएको छ। बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटले चाँडै मिति घोषणा गर्ने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। 

निर्वाचन आयोगले ४ जेठका लागि स्थानीय निर्वाचनको मिति प्रस्ताव गरेको छ। 

प्रकाशित: Feb 07, 2022| 11:37 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...