बुधबार, भदौ ३, २०८३

स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोमात्रै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसीसीलगायत विषयमा छलफल गरेका थिए।

निर्वाचन आयोगले भने स्थानीय निर्वाचन जेठ ४ गते गर्ने प्रस्ताव गरेको थियो। स्थानीय तह निर्वाचन ऐनको दफा ५५ मा जनप्रतिनिधिहरूलाई निर्वाचित भएको मितिको ७ औं दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था छ। २०७९ साल जेठ ४ गते निर्वाचन गर्दा त्यसको ७ दिनपछि जेठ ११ गते मात्रै नयाँ पदाधिकारीले पदभार ग्रहण गर्न पाउने अवस्था थियो।

वैशाख ३० मा नै निर्वाचन हुने भएपछि जेठ ६ गते नै नयाँ पदाधिकारीले पदभार सुरु गर्न पाउने भएका छन्। २०७४ वैशाख ३१ मा भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि भने जेठ ५ गते सकिँदैछ।

उनीहरूको पदावधि सकिएको भोलिपल्ट नै नयाँ पदाधिकारीले कार्यभार सम्हाल्नका लागि वैशाख ३० गते निर्वाचन घोषणा गरिएको हो।

प्रकाशित: Feb 07, 2022| 16:22 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...