बुधबार, भदौ ३, २०८३

कांग्रेस प्रवक्तामा डा. महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत पार्टीको प्रवक्ता नियुक्त भएका छन्।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत पार्टीको प्रवक्ता नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेका हुन्।

महत हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। उनी संस्थापन (देउवा) समूहका उम्मेदवार थिए। महतलाई हालैमात्र सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए। केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ।

यसअघि कांग्रेस प्रवक्ताको जिम्मेवारी विश्वप्रकाश शर्माले सम्हालिरहेका थिए। शर्मा १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन्। कांग्रेस प्रवक्ता पार्टीमा पदाधिकारी सरह हुन्छन्। प्रवक्ताका लागि महतसँगै रमेश लेखक र एनपी साउद पनि दौडमा थिए। तीनैजना देउवा निकट हुन्।


प्रकाशित: Feb 07, 2022| 10:53 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...