बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालुवाटार बैठकमा एमालेको अडान– सभामुखले मार्गप्रशस्त गरेमात्रै खुल्छ संसद्

बालुवाटार बैठकमा एमालेको अडान– सभामुखले मार्गप्रशस्त गरेमात्रै खुल्छ संसद्

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाले मार्गप्रशस्त (राजीनामा) गरेमात्रै संसद्को अवरोध खुल्ने अडान राखेको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाले मार्गप्रशस्त (राजीनामा) गरेमात्रै संसद्को अवरोध खुल्ने अडान राखेको छ। आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठमा एमालेले यस्तो अडान राखेको हो।  

एमालेले कारबाही गरेका १४ जना सांसदलाई नहटाए सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ। आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडसँगको छलफलमा सभामुखले निर्णय सच्याउनुपर्ने नभए मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेको एमालेका महासचिव शंकर पोखरेलले बताए। छलफलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र पोखरेल सहभागी थिए। 

‘दलले कारबाही गरेकालाई राखेर संसद् चलाउने कुरामा हाम्रो असहमति छ। त्यो चिज नसच्याउने हो भने सभामुखले मार्गप्रशस्त गर्नुपर्छ,’ पोखरेलले भने। सदनमा प्रतिपक्षीको उपस्थिति गराउन सत्ता पक्षले पहल गर्नुपर्ने उनको भनाइ थियो।  माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले सदन अवरोध गर्दै आएको छ।

प्रकाशित: Feb 06, 2022| 18:48 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...