काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कडा टिप्पणी गरेका छन्।
प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र बाहिरिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रचण्डमाथि आक्रोश पोख्दै ट्विटरमा लेखेका छन्, 'भित्र खाओवाद बाहिर माओवाद।'
भट्टराईले आइतबार मध्यरातमा ट्वीट गर्दै उनले लेखेका छन्, 'भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुईजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिँदै छ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खती हुन्छ है!'