बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले बोलायो कार्यसम्पादन समितिको पहिलो बैठक, यस्ता छन् एजेण्डा

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको पहिलो बैठक, यस्ता छन् एजेण्डा

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दे पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएको बारे जानकारी गराएका हुन्।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

काठमाडौं- नेपाली कांग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक यही माघ २७ गते बस्‍ने भएको छ। 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दे पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएको बारे जानकारी गराएका हुन्। 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्‍ने भएको छ।' 

उक्त बैठकमा म्याद समाप्त भएका भातृ एवं शुभेच्छुक संस्थानहरुका सम्बन्धनमा, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र पछिल्लो समय उठेका समसामयिक राष्ट्रिय मुद्दाहरुमा छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए। 

यसअघि माघ १४ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो।  कार्यसम्पादन समिति गठन गरिएको छ।

कार्यसम्पादन समिति ४५ सदस्यीय हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ। अहिले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको र बाँकी सदस्य पछि थपिने जनाइएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुन्छ। केन्द्रीय कार्यसमितिको बैठक बस्‍न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने व्यवस्था छ। त्यसै अनुसार कार्यसम्पादन समिति गठन गरिएको थियो। 

प्रकाशित: Feb 05, 2022| 18:21 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...