बुधबार, भदौ ३, २०८३

राप्रपामा कोही असन्तुष्ट छैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन्।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानबमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन्।

निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्याउने बताए। पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनले बताए।

उनले भने,  ‘अहिले कोही पनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन। निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौं। त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्याउँछौं र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौं। चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौं।’

अध्यक्ष लिङ्देनले आइतबार मनोनित गरिएका पदाधिकारीहरुलाई पार्टी कार्यालयमा स्वागत गरेका हुन्। मनोनित २४ जना पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उनीहरुले पछि पत्र बुझ्ने अध्यक्ष लिङ्देनले जानकारी दिए। 


प्रकाशित: Feb 06, 2022| 16:15 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...