बुधबार, भदौ ३, २०८३

बालुवाटार बैठकमा किन गएनन् माधव नेपाल?

देउवाको आह्वानमा दुई शीर्ष नेता बालुवाटार पुगेका थिए। तर छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी छैनन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अनुपस्थितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्।

एमसीसी, स्थानीय तह निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा देउवाले छलफल गरेका हुन्। देउवाको आह्वानमा दुई शीर्ष नेता बालुवाटार पुगेका थिए। तर छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी छैनन्।

केपी ओलीको अडानका कारण माधव नेपाललाई बैठकमा नबोलाइएको बालुवाटार स्रोतले बतायो। स्रोतले भन्यो, ‘एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई बोलाउने हो भने आफू बैठकमा सहभागी नहुने अडान लिएपछि नेपाललाई नडाकिएको हो।’ 

‘बालुवाटार बैठकबारे हाम्रो पार्टीलाई कुनै जानकारी छैन, त्यही भएर माधव नेपाल नजानुभएको हो।’

असार अन्तिम साता प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओली आइतबार पहिलोपटक बालुवाटार पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालुवाटार पुगेका थिए।

अध्यक्ष नेपाललाई नबोलाइएको विषयमा बुझ्न खोज्दा नेकपा एकीकृत समाजवादीले बालुवाटार बैठकबारे केही थाहा नभएको स्पष्ट पारेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले नेपाल समयसँग भने, ‘बालुवाटार बैठकबारे हाम्रो पार्टीलाई कुनै जानकारी छैन, त्यही भएर माधव नेपाल नजानुभएको हो।’

प्रकाशित: Feb 06, 2022| 17:13 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...