बुधबार, भदौ ३, २०८३

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा के छ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी संसद्बाट पारित गराउन चार महिनाअघि नै प्रतिबद्धता गरेको पाइएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी संसद्बाट पारित गराउन चार महिनाअघि नै प्रतिबद्धता गरेको पाइएको छ।

देउवा र प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धतापत्र गएको सेप्टेम्बरमै पठाएका थिए। पत्रमा फेब्रुअरी २८ अर्थात् आगामी फागुन १६ गतेभित्रै एमसीसी पारित गराउने उल्लेख छ। सोही पत्रबारे स्मरण गराउँदै गएको शुक्रबार एमसीसीले सरकारलाई पत्र पठाएको छ।

शुक्रबार नै उक्त पत्र प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र एमसीसी परियोजना अघि बढाउन गठन गरिएको एमसीए नेपालका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी समक्ष पुगिसकेको छ। पत्रमा नेपालले प्रतिवद्धता जनाएको समय नजिकिएको उल्लेख गर्दै चाँडो एमसीसी अनुमोदन गर्न भनिएको छ।

देउवा र प्रचण्डले पठाएको पत्रमा एमसीसी पारित गर्न केही महिनाको समय मागिएको छ। एमसीसी पारित गराउने प्रतिवद्धतासँगै देउवा र प्रचण्डले ६ बुँदे रणनीति पनि बुझाएका छन्। 

यस्ता छन् ६ बुँदा

१) एमसीसीबाट प्राप्त स्पष्टीकरणबारे गठबन्धनका साझेदारहरु तथा हाम्रा पार्टीका सदस्यहरुबीच छलफल गराउनेछौं।

२) एमसीसी कार्यान्वयनका चुनौती र भ्रमहरु चिर्नका लागि नेपाल सरकारको साधन स्रोतबाट नेपाली जनतामा सन्देशहरु प्रवाह गर्नेछौं।

३) सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरुको संयुक्त पत्रकार सम्मेलन गरेर एमसीसीबारे सरकारको धारणामा सकरात्मक बल प्रदान गर्नेछौं।

४) सरकारी सञ्चारमाध्यमहरुबाट एमसीसीबारे सही सूचना प्रवाह गराउनेछौं।

५) एमसीसी सम्झौतालाई द्रूत कार्यान्वयन गर्न एमसीए नेपाललाई प्रोत्साहन गर्नेछौं।

६) प्रतिनिधिसभाका सभामुखलाई एमसीसी सम्झौता संसदमा टेबल गर्न संयुक्त रुपमा आग्रह गर्नेछौं। 


प्रकाशित: Feb 06, 2022| 12:26 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...