बुधबार, भदौ ३, २०८३

सत्ता गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छ : रामचन्द्र पौडेल

'संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन। त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नै पर्छ,' नेता पौडेलले भने।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन्। पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेले कांग्रेसँग ३० प्रतिशत मात्र भएको उल्लेख गर्दै गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका हुन्। 

'कांग्रेससँग ३० प्रतिशत मात्र मत छ। कांग्रेसबाहिरको ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ? संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन। त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नै पर्छ,' नेता पौडेलले भने, 'गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ। राष्ट्रियसभा ३ जना थिए। अहिले गठबनधन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन?’ 

आफू निर्णय गर्न सक्ने गरी कुनै पनि मुख्य पदमा नभएको भन्दै नेता पौडेलले जनतामा आशा जगाउने र सन्देश दिएर कांग्रेसलाई अन्तर्घातबाट बचाउनेबारेमा नेतृत्वले सोच्नुपर्नेसमेत उल्लेख गरे।

प्रकाशित: Feb 06, 2022| 15:32 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...