प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादीले सकेसम्म सहमति र नभए निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न सक्ने विधि प्रष्ट रहेको जनाएको छ।
नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ। सर्लाहीको लालबन्दीमा तय गरिएको बन्दसत्र विवादका कारण एक दिनका लागि स्थगित गरिएको हो।