बुधबार, भदौ ३, २०८३

पार्टी हितविपरीत काम गर्ने नेतालाई माओवादी दमकको 'रातो कार्ड'

नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

झापा– नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ।

केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढीकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको हो। पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णयसमेत गरिएको छ।

पार्टीका दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’ दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिए। दमक–३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषाध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वाार्षिक कार्ययोजना मूल्यांकनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताए। 

उनलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत भएको उनले बताए। ‘उहाँले पार्टीको उम्मेदवारलाई असहयोग गर्नुभयो। उहाँको पार्टी सदस्य किन खारेज नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ अध्यक्ष बस्नेतले भने। माओवादी केन्द्र दमकले प्रत्येक महिना  र वाार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने कार्ययोजना पास गरेको छ। पार्टी कमिटीमा आबद्धलाई कार्यप्रगतिका मूल्यांकनसँग सम्बन्धित हरियो, पहेँलो र रातो कार्डको व्यवस्था गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए। 


प्रकाशित: Feb 03, 2022| 14:44 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...