बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पत्रकार महासंघसहित २२ वटा संघसंस्थाले भने– स्थानीय निर्वाचनको मिति घोषणा गर

पत्रकार महासंघसहित २२ वटा संघसंस्थाले भने– स्थानीय निर्वाचनको मिति घोषणा गर

नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं– नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्।

नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघसंस्थाले आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन्। 

ती संघसंस्थाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि बहानामा स्थानीय तहको निर्वाचनको मिति पर धकेल्ने काम गर्न नहुने बताइएको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिका र नगरपालिका सदस्यको निर्वाचन गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न हुनेछ भन्ने उल्लेख गरेको छ। स्थानीय तहका निर्वाचित सदस्यको कार्यकाल २०७९ जेठ ७ गते सकिँदै छ।

प्रकाशित: Feb 03, 2022| 14:51 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...