बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच एमसीसी सम्झौता संशोधनका विषयमा छलफल

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच एमसीसी सम्झौता संशोधनका विषयमा छलफल

सत्तारुढ पाँच दलीय गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनका विषयमा छलफल भएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनका विषयमा छलफल भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ भएको दोस्रो छलफलमा एमसीसी संशोधनको विकल्पको विषयमा छलफल भएको बताइएको छ। तीनै नेताले एमसीसी संशोधनका लागि अमेरिकासँग पहल गर्ने विषयमा छलफल भएको बताइएको छ। 

यसअघि बुधबार बिहान भएको छलफलमा प्रधानमन्त्री देउवाले नेता प्रचण्ड र नेपाललाई संशोधनको बुँदा उपलब्ध गराउन माग गरेका थिए। स्रोतले भन्‍यो,'गठबन्धनमा रहेका दुई नेताहरुले एमसीसी संशोधनको कुरा पटक-पटक उठाएपछि प्रधानमन्त्री देउवाले संशोधनको बुँदा उपलब्ध गराउन माग गर्नु भएको थियो।'

साँझ भएको छलफलमा संशोधनको बुँदा उपलब्ध नगराए पनि संशोधनका लागि पहल गर्न सकिने विषयमा छलफल भएको हो। प्रधानमन्त्री देउवा एमसीसीको मुद्दालाई चाँडो हल गर्न पहल गरिरहेका छन्। । एमसीसीकै कारण गठबन्धन टुट्न नहुने पक्षमा गठबन्धनमा रहेका नेताहरु सचेत रहेकोसमेत बताइएको छ। 

एमसीसीको मुख्यालयले भने यसअघि नै एमसीसी सम्झौता संशोधन हुन नसक्ने स्पष्ट पारिसकेको छ। 


प्रकाशित: Feb 02, 2022| 19:24 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...