बुधबार, भदौ ३, २०८३

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनको ताला

संयुक्त विद्यार्थी संगठनहरुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा मंगलबारदेखि अनिश्चितकालीन ताला लागेको हो।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं– संयुक्त विद्यार्थी संगठनहरुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा मंगलबारदेखि अनिश्चितकालीन ताला लागेको हो।

‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उद्देश्य बोकी आफ्नो निजी पेवा बनाउने उद्देश्यका साथ क्याम्पस प्रमुखको जिम्मेवार कार्यकक्षभित्रै गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति कार्यको घोर भत्सर्ना गर्दछौं,’ तालाबन्दीसँगै विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सो कार्यमा क्याम्पस प्रशासन नै मूकदर्शक बनी अराजक तत्वकै सेवामा लागेको हुनाले हामी संयुक्त विद्यार्थी संगठनहरुले उक्त कार्य रोक्न तथा सच्याउन अनिश्चितकालका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको घोषणा गर्दछौं।’ 

तालाबन्दी गर्नेमा अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू ,अखिल क्रान्तिकारी र अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस कमिटी छन्।

प्रकाशित: Feb 02, 2022| 14:21 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...