बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुखलाई हटाउन महाभियोग प्रस्ताव ल्याए कांग्रेसलाई एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

सभामुखलाई हटाउन महाभियोग प्रस्ताव ल्याए कांग्रेसलाई एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन्। उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए।

सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताएका छन्। उनले सत्ता महागठबन्धन लोभी पापीको झुन्ड भएको र संसद्को काम कारबाहीलाई सुचारु रूपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए।

सचिव रायमाझीले भने, ‘अहिले हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं। सरकारमा रहेका पार्टीहरू, महागठबन्धनले के गर्छ? त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन। सरकारले आफ्नो पोजिशन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ।'

एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने आफूले साथ दिने उनले बताएका छन्। 

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए। उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए।

प्रकाशित: Feb 03, 2022| 13:34 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...