बुधबार, भदौ ३, २०८३

मन्त्री यादवसँग मानव अधिकार आयोगले लियो स्पष्टीकरण

१५ वर्षअघिको गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं– १५ वर्षअघिको गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ। मन्त्री यादवलाई बिहीबार केन्द्रीय कार्यालयमा बोलाएर स्पष्टीकरण लिइएको आयोगले जनाएको छ। 

त्यसक्रमा आयोगका अध्यक्ष तपबहादुर मगरले यादवलाई उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहोर्‍याउन निर्देशनसमेत दिएका छन्।

‘अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको मर्यादामा चोट पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने र जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैन खलबलिने खालका अभिव्यक्ति भविष्यमा नदिन आयोगले मन्त्री यादवलाई आग्रह गरेको छ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्पष्टीकरण दिन पुगेकी मन्त्री यादवले आफ्नो अभिव्यक्ति असन्तुलित र अनियन्त्रित भएको स्वीकार्दै भविष्यमा त्यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाएकी थिइन्। यद्यपि, आफ्नो भनाइ कसैप्रति लक्षित नभएको उनको दाबी थियो।

यही माघ ५ गते रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी थिइन्। 

मन्त्री यादवलाई कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि तीव्र दबाब छ। हिंसालाई दुरुत्साहन गर्ने मन्त्री यादवको अभिव्यक्तिको विभिन्न राजनीतिक दल, नागरिक समाज र संघसंस्थाले पनि विरोध गर्दै आएका छन्।

प्रकाशित: Feb 03, 2022| 17:34 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...