बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लव निकट जवसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्ने

विप्लव निकट जवसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्ने

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरूले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै देश व्यापी कोणसभा गर्ने भएको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरूले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै देश व्यापी कोणसभा गर्ने भएको छ।

सरकारले मंगलबार राती १२ बजेदेखि लागू हुने गरी साविकको विक्री मूल्यमा पेट्रोल र डिजल प्रतिलिटर ३ बढाएर अब पेट्रोलको प्रतिलिटर १४२ र मट्टीतेलको प्रतिलिटर १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० बढाइएको छ।

उक्त मूल्य वद्धिविरुद्ध नेकपा निकट जनवर्गीय संगठन संयुक्त रूपमा आन्दोलित छन्। संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल, कार्यालय र डिपोहरू घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्नेलगायत रहेका छन्।

बढाइएको मूल्य वृद्धि तत्काल फिर्ता नलिए आन्दोलनलाई थप कडा पारिने नेकपा जसवले जनाएको छ।

प्रकाशित: Feb 03, 2022| 08:31 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...