बुधबार, भदौ ३, २०८३

जीवनभर गठबन्धन गर्ने कागज कांग्रेसले कसैसँग गरेको छैन : रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेकपा एमालेले निरन्तर संसद् अवरोध गरिरहनु बेठिक भएको बताएका छन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेकपा एमालेले निरन्तर संसद् अवरोध गरिरहनु बेठिक भएको बताएका छन्।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानुनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको बताए।

संसदको गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उनले जोड दिए। उनले भने,  ‘तपाईहरुले संसद् बन्द गरेर संविधानलाई तागत दिइरहनुभएको छैन। सभामुखको भुमिका चित्त बुझेन भने, सभामुख बेठिक छन् भने यिनलाई हटाइपाऊँ भनी लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको। त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त, तर जानुभएन अहिलेसम्म।’

नेता रिजालले वर्तमान सत्ता गठबन्धनसँग कांग्रेसले जीवनभर मिलेर चुनाव लड्छौं भनेर कागज नगरेको टिप्पणी गरे। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाक बाहिर गएको भन्दै संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको स्पष्ट पारे।

प्रकाशित: Feb 02, 2022| 18:34 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...